टी २० वर्ल्डकप : दक्षिण अफ्रिका न्युजिल्यान्डसँग हारेको छैन


काठमाडौं

भारत र श्रीलंकामा जारी मेन्स टी २० वल्र्डकपको पहिलो सेमिफाइनल खेल आज हुँदैंछ । कोलकाताको इडेन गार्डेन्स रंगशालामा नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा यो खेल शुरु हुनेछ । यस खेलमा गत संस्करणको रनरअप दक्षिण अफ्रिकाले २०२१ को रनरअप न्युजिल्यान्डको सामना गर्नेछ ।

यी दुई टोलीबीच जारी प्रतियोगितामै यो दोस्रो पटक भेट पनि हुनेछ । यसअघि समूह चरणको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई हराएको थियो । यो आधारमा सेमिफाइनलमा दक्षिण अफ्रिकाले नै जित्ने अनुमान पनि रहेको छ ।

साथै टी २० वल्र्डकपको हेड टू हेडमा पनि दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई अहिलेसम्म खेलेका पाँचै खेलमा हराएको रेकर्ड छ । यानि कि न्युजिल्यान्डले अहिलेसम्म टी २० वल्र्डकपमा दक्षिण अफ्रिकालाई हराउन सकेको छैन ।

टी २० वर्ल्डकपमा ५ भेटको नतिजा

–२००७ वल्र्डकपः सुपर एटमा दक्षिण अफ्रिका ६ विकेटले विजयी

संक्षिप्त स्कोरः न्युजिल्यान्ड ८÷१५३–दक्षिण अफ्रिका १५८-४

–२००९ वल्र्डकपः समूह चरणमा दक्षिण अफ्रिका १ रनले विजयी

संक्षिप्त स्कोरः दक्षिण अफ्रिका १२८-७–न्युजिल्यान्ड १२७-५

–२०१० वल्र्डकपःदक्षिण अफ्रिका १३ रनले विजयी

संक्षिप्त स्कोरः दक्षिण अफ्रिका १७०-४–न्युजिल्यान्ड १५७-७

–२०१४ वल्र्डकपः दक्षिण अफ्रिका २ रनले विजयी

संक्षिप्त स्कोरः दक्षिण अफ्रिका १७०-६–न्युजिल्यान्ड १६८-८

–२०२६ वल्र्डकपःसमूह चरणमा दक्षिण अफ्रिका ७ विकेटले विजयी

संक्षिप्त स्कोरः न्युजिल्यान्ड १७५-७–दक्षिण अफ्रिका १७८-३