एलआरआई च्याम्पियन


काठमाडौँ ।

प्रथम क्युकेएस अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई स्कुलले जितेको छ । गत फागुन ११ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेलमा वृहस्पति विद्या सदनलाई पराजित गर्दै एलआरआई च्याम्पियन बनेको हो ।
कुल १२ टोली सहभागी रहेको यस प्रतियोगितालाई ४ समूहमा विभाजन गरिएको थियो । ५ दिनसम्म चलेको प्रतिस्पर्धापछि आज १५ फागुनमा प्रतियोगिताको समापन भएको छ ।

फाइनलमा पहिले ब्याटिङ गरेको वृहस्पति विद्या सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो । टोलीका लागि प्रज्वल ए. ले १६ रन जोडे भने एलआरआईका बलर स्योन एस. र प्रशान्त ए. ले २–२ विकेट लिए । ७१ रनको लक्ष्य पछ्याएको एलआरआई स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । एलआरआईका सुबोध सी. ले २४ रन र अंश डी. ले १८ रनको महत्वपूर्ण पारी खेले । ४ विकेटको जित निकाल्दै एलआरआईले प्रतियोगिताको ट्रफी उचाल्न सफल भयो ।