एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप


काठमाडौं ।

एन्जल्स हार्ट र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) ले प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एन्जल्स हार्ट ब्वाइज तथा केभीकेएसएस गल्र्समा च्याम्पियन बने ।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीमा भएको ब्वाइजको फाइनलमा एन्जल्स हार्टले ह्वाइट हेभेन एकेडेमीलाई ३७–३३ ले पराजित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले २४ अंक जोडे । हिमालय बोर्डिङ स्कुलले संस्कृति शिक्षा सदनलाई ४८–२७ ले हराउदै तेश्रो भयो । हिमालयका अरुण कार्कीले २३ स्कोर गरे ।

गल्र्सको उपाधि भिडन्तमा केभीकेएसएसले आयोजक तेजस्वीलाई २५–१४ ले पाखा लगायो । केभीकेएसएसकी मुस्कान मिफोकले ८ अंक जोडिन् । तेश्रो स्थानका लागि भएको खेलमा बेलमोन्ट इन्टरनेसनल स्कुलले मानसिंहलाई १५–१२ ले पन्छायो । बेलमोन्टकी क्रिस्टिना घिमिरेले ९ अंक बटुलिन् ।

ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा गल्र्समा केभीकेएसएसकी रोजी श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ह्वाइट हेभेनका राहुल सुनार तथा गल्र्समा बेलमोन्टकी क्रिस्टिना घिमिरे उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
ब्वाइजमा हिमालयका अरुण कार्की तथा गल्र्समा तेजस्वीकी एस्थर बरुवाल सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा सिद्धार्थ मोडेल स्कुल तथा गल्र्समा एन्जल्स हार्ट नेसनल स्कुलले अनुशासित टिमको ट्रफी हात पारे ।