उदयपुर ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट प्रतिनिधिसभा सदस्य पदकालागि उमेदवारी दिएका उदपुरको दुबै निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवारहरु मध्ये बुधबारसम्म २९ जनाले मात्र निर्वाचन प्रयोजनकालागि बैंक खाता खोलेका छन् ।
बुधबार उदयपुरको गाईघाटमा आयोजित निर्वाचन आचार संहिता र सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उदयुरका दुबै क्षेत्रका ३१ जना उम्मेदबारहरु मध्ये २१ जनाले सिफारिस लिएकोमा २० जनाले मात्र निर्वाचन प्रयोजनकालागि बैंक खाता खोलेका हुन ।
सो कार्यक्रममा जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्य रहेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद घिमिरेले जिल्लाका दुबै क्षेत्रका उम्मेदवारहरुलाई फोन सम्पर्क गरेर निर्वाचन प्रयोजनकालागि खर्च पारदर्शिता गराउन बैंक खाता खोल्न अनुरोध गरेकोमा जिल्लाका दुबै क्षेत्रका ३१ उम्मेदवारहरु मध्ये २१ जनाले बैंक खाता खोल्न सिफारिस लिएकोमा २० जनाले बैंक खाता खोली सकेको र बाँकी रहेका १० जनालाई खाता खोल्न पुनः ताकेता गरेको जानकारी दिएका छन् ।
घिमिरेले निर्वाचन आयोगले तोकेको र पालना गर्नु पर्ने आचार संहिताभित्र बैंक खाता खोलनु पर्ने भएकोले खाता नखोल्ने उम्मेदवारहरुलाई आचार संहिता अनुसार तोकिएको कार्वाही हुने बताए ।
जिल्ला निर्वाचन अधिकारी दिपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन समितिका संयोजक बिक्रमप्रसाद पाण्डेले उदयपुरमा निर्वाचन आचार संहिता अनुगमनलाई निरन्तरता दिइएको र जिल्लाका दुबै निर्वाचन क्षेत्रमा अनुगमन गरिएको छ ।
हालसम्म अनुगमन गर्दा आचार संहित उल्लंघन भएको नपाइएको बताउनु भयो । दुबै निर्वाचन क्षेत्रकालागि निर्वाचन सामाग्री तयारी अवस्थामा रहेको, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षा निकायको नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी र निर्वाचन प्रहरीहरु पनि मतदान केन्द्र तथा मतदानस्थलमा जान तयारी अवस्थामा रहेको बताउनु भयो ।
सहायक प्रजिअ पाण्डेले टाढाका मतदान केन्द्रमा जाने मतदान अधिकृत, सुरक्षा कर्मी लगायतका कर्मचारीहरु १७ गते नै तोकिएको मतदान स्थल वा केन्द्रमा जाने र नजिकका ठाउँमा १८ गते पुगेर मतदान कार्यकालागि बुथ बनाउने, मतदाता परिचयपत्र बाड्ने, मतदाता शिक्षा दिने लगायतका काम गर्नु पर्ने बताउनु भयो।
सो कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी दिपक दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्लाका दुबै निर्वाचन क्षेत्रमा स्वयंसेविका मार्फत निर्वाचन शिक्षा प्रत्येक घरमा दिइएको, आचार संहिता पालनामा प्रचारप्रसार गर्ने सबैदलका उमेदवार, नेता, कार्यकर्ता तथा स्थानीय जनतालाई जानकारी दिने काम गरेको जानकारी दिनु भएको छ ।











प्रतिक्रिया