मोरङ–६ मा आशा, भरोसा र परिवर्तनको सन्देश लिएर घरदैलोमा शेखर कोइराला (तस्बिरहरू)

मोरङ–६ मा डा. शेखर कोइरालाको चुनावी अभियान तीव्र

658
Shares

विराटनगर ।

शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनावी अभियानलाई तीव्र बनाएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कोइराला फागुन २१ गते हुने निर्वाचनमा मोरङ–६ बाट प्रतिस्पर्धा गर्दैछन्।

कोइरालाको नेतृत्वमा यतिबेला मोरङ–६ का विभिन्न क्षेत्रहरूमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिइएको छ। मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले विकास, सुशासन र समृद्धिको एजेन्डा अघि सारेका छन्।

निर्वाचन नजिकिँदै जाँदा कोइरालासहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू प्रचारप्रसारमा सक्रिय रूपमा जुटेका छन्।