विरासत जोगाउने दौडमा एमाले, पछ्याउँदै अन्य उम्मेदवार

6.67k
Shares

२०६४ मा बागमती प्रदेशमा एउटा मात्र क्षेत्र जितेर नेकपा एमालेले राखेको विरासत क्रमशः २०७०, २०७४,२०७९ मा विजयी भएको छ । २०८२ मा विरासत जोगाउने दौडमा रहेको नेकपा एमालेलाई अन्य दलका उम्मेदवारहरुले पछ्याइरहेका छन् । 

काभ्रे। 

उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेका निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार काभ्रेमा ३ लाख २६ हजार ६ सय ११ स्थायी तथा २ हजार ४ सय ८१ अस्थायी मतदाता रहेका छन् । अस्थायी मतदाता २४ सय ८१ कायम भएको छ । प्रारम्भिक अनुमान अनुसार करिब ६० प्रतिशत मत खस्ने अपेक्षा गरिएको छ ।

जिल्लामा रहेका १ सय ८९ मतदान स्थल अन्तर्गत ४ सय मतदान केन्द्र र थप एक अस्थायी मतदान स्थल मार्फत मतदान प्रक्रिया सञ्चालन हुनेछ । मतदान कार्यलाई व्यवस्थित बनाउन २४ सय कर्मचारी खटिएका छन् भने सुरक्षाको दृष्टिले ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । काभ्रेका दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कुल ४२ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र १ मा १८ जना र निर्वाचन क्षेत्र २ मा २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । मतदान अघि मौन अवधिमा केही स्थानमा मतदातालाई प्रभावित पार्ने प्रयास भएको गुनासो आएको भए पनि सुरक्षा निकायले त्यस्ता गतिविधि नियन्त्रणमा राखिएको जनाएको छ ।
प्रतिनिधि सभा १ मा १ लाख ६१ हजार १०० सय मतदाता छन् भने प्रतिनिधि सभा २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता रहेका छन् । निर्वाचन मतदान स्थल १ सय ८९ वटा रहेका छन् भने ४ सय वटा मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार कार्यालय काभ्रेमा अस्थायी मतदान केन्द्र रहेको छ । निर्वाचनलाई शान्त, मर्यादित र निष्पक्ष बनाउन सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ।

दवावमा उम्मेदवार

काभ्रे निर्वाचन क्षेत्र नम्वर २ यस अघिका चर्चित उम्मेदवार गोकुल बास्कोटाले टिकट नपाए पछि झनै चर्चामा छ । २०७० मा पराजित नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा २०७४ मा विजयी भए पछि मन्त्री भए । २०७९ सालमा उनीमाथि  भ्रष्टाचारको आरोप लाग्यो तर पुष्टी हुन सकेन । २०७४ मा ५० हजार मत कटाएका बास्कोटाले २०७९ मा ४५ हजार प्राप्त गरे । नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी लगायतका दलबाट संयुक्त गठनबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईलाई पराजय गरे । 

काभ्रेमा २ वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्वर १ मा नेपाली काँग्रेसका गुणराज मोक्तान, नेकपा एमालेका अमित लामा, नेकपाका दिनानाथ गौतम र रास्वपाका मधुकर चौलागाई उम्मेदवार छन् । क्षेत्र नम्व्र १ मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । २०७९ मा तीन दलीय गठवन्धनबाट नेकपा माओवादीका सुर्यमान दोङ्ग झिनो मतले नेकपा एमालेका उम्मेदवार रेशम लामालाई हराउँदै विजयी भएका थिए । यो पटक समानुपातिक मत समेत धेरै भएको एमालेको जनसंगठन र एक्ला एक्लै प्रतिस्पर्धामा रहेकाले एमालेका अमित लामाको सम्भावना बलियो छ । 

क्षेत्र नम्वर २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठवन्धनका विरुद्ध पनि ७ हजार भन्दा धेरै मत ल्याएर विजयी भएको क्षेत्र हो । यो पटक नेकपा एमालेबाट नेपाल नगरपालिका संघका पूर्व अध्यक्ष र धुलिखेलमा २ पटक प्रमुख र एक पटक उपप्रमुख भएका अशोक ब्याञ्जु उम्मेदवार छन् । समानुपातिकमा पनि एमालेको नेपाली काँग्रेसको भन्दा १० हजार मत धेरै छ । यो पटक दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा रहेकाले एमालेको प्रतिस्पर्धा नेपाली काँग्रेसका मधु आचार्य, नेकपाका बसुन्धरा हुमागाईँ र रास्वपाका बदन भण्डारीसँग हुने देखिन्छ ।

 २४ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका अशोक ब्याञ्जुको बलियो सम्भवना छ । काभ्रेमा ३ लाख २६ हजार ६ सय ११ मतदाता छन् । एमालेबाट धुलिखेल नगरपालिकामा २०५४ सालमा उपप्रमुख, २०७४ र २०७९ सालमा प्रमुख पदमा विजयी ब्याञ्जु उम्मेदवार छन् । पार्टी भित्र कहिल्यै विवादमा नपरेका, जनप्रतिनिधि हुँदा धुलिखेललाई र सिङ्गो काभ्रेलाई देश र विदेशमा समेत चिनाएका स्वच्छ उम्मेदवार हुन् ब्याञ्जु । नगर इन्चार्ज हुँदै जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उप सचिव, सचिव, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुँदै अध्यक्षमा समेत निर्विरोध निर्वाचित भएका ब्याञ्जु प्रदेश कमिटी सदस्य हुँदै केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । काँग्रेस आन्तरिक विवादमा छ । विशेष महाधिबेशनका नाममा नेताहरु माथि गरिएको तेजोबोध यथावत छ । आचार्य विशेष महाधिवेशनको मुख्य डिजाईनर हुन् । हुमागाईँ नियमित महाधिबेशनको पक्षधरता हुन् । उनले गगन थापा विशेष महाधिबेशनबाट सभापति भए पछि उनको हस्ताक्षरबाट टिकट नलिने घोषणा नै गरेका थिए । उनी केन्द्रिय सदस्य थिए । तेश्रो पटक उम्मेदवार भई जितको अपेक्षा गरेका आचार्यलाई काँग्रेस भित्रको देखिने असहयोग छ ।

नेपाली काँग्रेस र नेकपा एमाले काभ्रे क्षेत्र नम्वर २ का मुख्य प्रतिस्पर्धी हुन् । एमालेले प्राप्त गरेको समानुपातिक मत नेपाली काँग्रेसको भन्दा १० हजारले धेरै छ । २४ हजार ल्याएको काँग्रेसले जित्नका लागि केहि हजार मत थप गरी आफ्नो मत सुरक्षित गर्नु पर्ने चुनौती छ । एमालेले ३४ हजार मत प्राप्त गरेको थियो । उसले आफ्नो मत जोगाउँदा सजिलै चुनाव जित्ने देखिन्छ । तर नयाँ भनिएको दलका उम्मेदवारको पनि प्रतिस्पर्धामा मत आउने देखिन्छ । 

नेकपा एमालेबाट अशोक ब्याञ्जु, रास्वपाबाट बदन भण्डारी र नेकपाबाट बसुन्धरा हुमागाईँ प्रतिस्पर्धामा छन् । उज्यालो नेपालबाट होटल ब्यवसायी ज्योत्सना सैंजु प्रतिस्प्र्धामा छिन् । हुमागाईँ पूर्व माओवादी र पूर्व एमालेको मतको अपेक्षामा छन् । तर संगठन भुत्ते छ । रास्वपाका बलिया संगठन छैनन तर काँग्रेस एमाले प्रतिको असन्तुष्ट मत जाने देखिन्छ । एमाले भित्रको बास्कोटा समूहको असहयोग हुने हो कि ? भन्ने आशंका उत्तिक्कै देखिन्छ । काँग्रेसका आचार्य उनै बास्कोटाको भरमा निर्वाचन जित्ने अपेक्षामा छन् ।