यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय


काठमाडौँ।

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

उनका अनुसार निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय भएको छ ।

यस्तै, सरकारले विक्रम संवत् २०८३ सालका लागि वैशाख १ देखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गरेको प्रवक्ता अर्यालले चर्चा गरे ।