निशा अधिकारीको घरदैलो: “नयाँपन मूल्य र नीतिमा देखिनुपर्छ”


काठमाडौँ।

निशा अधिकारी पानीपोखरी र बालुवाटार क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सक्रिय रूपमा सहभागी भएकी छन्। गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौँ–५ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी अधिकारीले घरदैलो कार्यक्रम केवल औपचारिक भेटघाट नभई नागरिकको यथार्थसँगको प्रत्यक्ष साक्षात्कार भएको बताइन्।

उनका अनुसार कार्यक्रममा धुलोले ढाकिएका सडक, वर्षायाममा दोहोरिने जलजमाव, कमजोर निर्माणका कारण असुरक्षित बनेका बाटाघाटा, तथा आफ्नै ठाउँमा उद्यम गर्न खोज्दा कागजी प्रक्रियाको झन्झटले हैरान बनेका युवाहरूका समस्या प्रत्यक्ष सुन्ने अवसर मिल्यो।

“नयाँ भन्नु सजिलो छ, तर नयाँपन केवल अनुहारमा होइन, मूल्य र मान्यतामा हुनुपर्छ,” अधिकारीले भनिन्, “नयाँपन दृष्टिकोण र नीतिमा देखिनुपर्छ र त्यसको परिणाम नागरिकको दैनिकीमा अनुभूत हुनुपर्छ।”

उनले स्थानीय पूर्वाधार सुधार, पारदर्शी प्रशासन र युवामैत्री नीतिमार्फत परिवर्तन सम्भव रहेको धारणा पनि व्यक्त गरिन्।