काठमाडौं ।
वैष्णवी र माउन्ट ओलिभ पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिपको ब्वाइज भलिबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलमा भइरहेको प्रतिस्पर्धामा वैष्णवीले एलएलाई २५–२० र २५–२२ तथा माउन्ट ओलिभले भ्याली पब्लिकलाई २५–२२, २०–२५ र १५–१३ ले पराजित गरे ।
ब्वाइज फुटबल एलएले दोहोरो जित हात पा¥यो । एलए ‘ए’ ले ज्ञानोदयलाई २–० तथा एलए ‘बी’ ले जेम्सलाई ४–० गोलले हराए ।
ब्वाइज बास्केटबलमा भ्याली पब्लिकले मिश्रित नजिता निकाल्यो । एलआरआईलाई २७–१३ ले पाखा लगाएको भ्याली पब्लिक एलएसंग ३४–२६ ले चुक्यो ।
गल्र्स बास्केटबलतर्फ कम स्कोर भएको खेलमा एलआरआईले एलएलाई ८–७ तथा पुष्पसदनले ज्ञानोदयलाई ११–८ ले पन्छाए ।











प्रतिक्रिया