तेजस्वी क्वार्टरफाइनलमा


काठमाडौं ।

आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित घरेलु कोर्टमा तेजस्वीले बालकुञ्जलाई ३०–२० ले पराजित ग¥यो ।

तेजस्वीका प्रज्वल कँडेलले ११ अंक जोडे । संस्कृति शिक्षालय पनि हिमालयलाई ३९–२९ ले हराउदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल रह्यो । संस्कृतिका रमन गुरुङले २२ स्कोर गरे ।

ब्वाइजमै एन्जल्स हार्टले ल्यान्डमार्क एकेडेमीलाई ४८–३९ तथा रिलायन्स पब्लिकले सिद्धार्थलाई ३३–२१ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १६ तथा रिलायन्सका आभूषन घिमिरेले १५ अंक बटुले ।

गल्र्समा मानसिंहले ल्यान्डमार्कलाई २६–२२, बेलमोन्टले संस्कृति शिक्षालयलाई २३–१५ र तेजस्वीले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१६ ले पन्छाए । मानसिंहकी देविका बोगटीले ९, बेलमोन्टकी ब्रिटिना गुरुङले १० र तेजस्वीकी एस्टर बरुवालले ११ अंक जोडे । मानसिंह, बेलमोन्ट र तेजस्वीको लगातार दोश्रो जित हो ।