काठमाडौं ।
आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २—० गोलले पराजित ग¥यो । दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गरे ।
त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३—० तथा एआईटीएमले द सेलिब्रेसन को—एडलाई २—१ गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
तेश्रो स्थानका लागि भएको खेलमा सेलिब्रेसनले काष्ठमण्डप ‘बी’ लाई ३—१ गोलले पन्छायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीका अनुसार फाइनलमा २ गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी र उपाधि विजेता टोलीकै प्रभात देवकोटा उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही २ हजार ५ सय नगद पुरस्कृार पाए ।











प्रतिक्रिया