धादिङमा बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या २८ पुग्यो (नामावलीसहित)

6.67k
Shares

धादिङ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा घाइते हुनेको सङ्ख्या २८ पुगेको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

आज बिहान करिब १ः१५ बजे ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदी किनारमा खसेको हो । हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको जसमा चारमहिला र १३ पुरुष रहेका जिल्ला प्रहरी प्रमुख एसपी सुमित खड्काले जानकारी दिए।

घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । यसमध्ये पोखरामा ४३ जना चढेका थिए भने २ जना मुग्लिनबाट चढेका थिए ।