काठमाडौं।
२१ फागुनको निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी रोचक र चर्चित १२ स्थानका भिडन्त छन् । जुन भिडन्तमा जितेर आउनेमध्ये एक जना नै भावी प्रधानमन्त्री हुने भएकाले ती भिडन्तहरू सर्वाधिक रोचक र चर्चामा रहेका छन् ।
यी १२ मध्ये पनि सबैभन्दा बढी चर्चित भिडन्त झापा–५ मा नै हुनेछ । जहाँ एमालेबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा हुनेछ । कतिपय विश्लेषकहरूले यो भिडन्तमा बाजी मार्ने व्यक्ति नै भावी प्रधानमन्त्री हुने दाबी गरेका छन् । यद्यपि, यसका लागि यी दुवै दल पहिलो पार्टी हुन आवश्यक छ तर निर्वाचन कसको पक्षमा जाने हो भन्न सक्ने अवस्था छैन । कांग्रेस पहिलो पार्टी भएको खण्डमा र गगन थापाले सर्लाही–४ मा जित्न सकेमा थापा पनि प्रधानमन्त्री हुन सक्ने सम्भावना औंल्याइएको छ ।
कांग्रेसबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका सभापति थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहबीच सर्लाही–४ मा कडा भिडन्त हुनेछ । यो भिडन्तमा जित हासिल गर्न सकेमा कांग्रेस सभापति थापा पनि प्रधानमन्त्री हुन सक्ने सम्भावना रहेको हो ।
यसै गरी अन्य चर्चित भिडन्तमध्ये चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसकी मीनाकुमारी खरेल र एमालेका अस्मिन घिमिरेबीचको भिडन्त रहेको छ । यसै गरी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा सहिदपुत्र सन्दीप पुनसँग प्रतिस्पर्धा गर्दै छन् । यसै गरी अर्को चर्चित प्रतिस्पर्धामा चितवन–३ मा नेकपाकी रेणु दाहाल र रास्वपाकी सोविता गौतमबीच हुँदै छ ।
यसै गरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेका अजयकुमार गुप्ता र कांग्रेसका अनिलकुमार झासँग रौतहट–१ मा प्रतिस्पर्धा गर्नुहुनेछ । काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वापका राजुनाथ पाण्डे र एमालेका रामेश्वर फुयाँलसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमालेका टीकाराम लिम्बू र कांग्रेसका सुजेन्द्र तामाङसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
यस्तै, जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गोरखा–१ मा एमालेका रामचन्द्र लामिछाने र कांग्रेसका प्रेमबहादुर खत्रीसँग प्रतिस्पर्धा गर्नुुहुनेछ । यस्तै, एमालेका महासचिव शंकर पोखरेलले दाङ–२ मा रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

झापा ५
केपी शर्मा ओली (सूर्य)
बालेन्द्र शाह (घण्टी)
चितवन–२
रवि लामिछाने (घण्टी)
मीनाकुमारी खरेल (रूख)
अस्मिन घिमिरे (सूर्य)
३
रूकुम पूर्व
पुष्पकमल दाहाल (तारा)
सन्दीप पुन (आँखा)
४
सर्लाही–४
गगन थापा (रूख)
अमरेशकुमार सिंह (घण्टी)
५
चितवन–३
रेणु दाहाल (तारा)
सोविता गौतम (घण्टी)
६
रौतहट–१
माधवकुमार नेपाल (तारा)
अजयकुमार गुप्ता (सूर्य)
अनिलकुमार झा (रूख)
७
काठमाडौं–३
कुलमान घिसिङ (बल्ब)
राजुनाथ पाण्डे (घण्टी)
रामश्वेर फुयाँल (सूर्य)
८
सुनसरी–१
हर्क साम्पाङ (माटो)
टीकाराम लिम्बू (सूर्य)
सुजेन्द्र तामाङ (रूख)
९
झापा–२
देवराज घिमिरे (सूर्य)
इन्दिरा राना मगर (घण्टी)
१०
गोरखा–१
सुदन गुरुङ (घण्टी)
रामचन्द्र लामिछाने (सूर्य)
प्रेमकुमार खत्री (रूख)
११
गुल्मी–१
प्रदीप ज्ञवाली (सूर्य)
चन्द्र भण्डारी (रूख)
सागर ढकाल (घण्टी)
१२
दाङ–२
शंकर पोखरेल (सूर्य)
विपिन आचार्य (घण्टी)











प्रतिक्रिया