उदयपुरमा एमाले उम्मेदवार घरदैलोमा व्यस्त 

0
Shares

उदयपुर ।

 निर्वाचनको समय नजिकिँदै गर्दा उदयपुरमा नेकपा एमालेले आक्रामक रुपमा घरदैलो कार्यक्रम गरिरहेको छ । त्रियुगा नगरपालिकाको विभिन्न वडाहरुमा एमाले उदयपुर १ का उम्मेदवार दुर्गा कुमार थापा(स्वस्ती) सहितका नेता कार्यकर्ताहरु बिहानदेखि रातीसम्म पनि गाउँका मतदाताहरुका बिचमा प्रचार प्रसारमा खटिइरहेका छन् ।

उम्मेदवार तथा नेताहरुले नेकपा एमालेले वास्तविक रुपमा गरेको कामहरुको उदाहरण दिंदै मतदाताहरुका माझमा प्रस्तुत भएका छन् । आफूहरुले गर्न सक्ने काम मात्र गर्ने, जनताका समस्यासँग निरन्तर संवाद र समाधानमा लाग्ने, सिँचाइ, खानेपानी, किसानका समस्या, समृद्धिको आधार तथा आर्थिक उन्नतिका माध्यम। रोजगारी दिन सकिने विषय आदिका बारेमा मतदाताका माझमा तथ्यगत कुरा राखेर मत माग्दै गरेका छन् ।

 ५ वर्षमा ५० कामको लक्ष्यसहित निर्वाचनको मैदानमा उत्रिएका दुर्गाकुमार थापाले नेकपा एमाले देश बनाउन अघि बढेको पार्टी रहेकोले विश्वासका साथ आफूलाई मत दिन र गरिब किसान मजदुरहरुको हकहित तथा पारीश्रमिक लगायतका अन्य समस्याका बारेमा नेकपा उमाले पहिले देखि नै लागि परेको र धेरै कामहरु गरेकोले सूर्य चिन्हमा मतदान गर्न सबैमा अनुरोध गरेका छन् ।

स्थानीय मतदाताहरु पनि विगतका निर्वाचनदेखि नै नेकपा एमालेलाई नै मतदान गर्दै आएकोले यस पटक पनि सूर्य चिन्हमा नै मतदान गर्ने प्रतिवद्धता व्यक्त गरिहरेका छन् । त्रियुगा ९ का मतदाता चन्द्रनारायण चौधरीले भने विगतका स्थानीय, प्रदेश होस् वा सङ्घीय निर्वाचनमा पनि यहाँका मतदाताहरुले नेकपा एमालेका उमेदवारहरुलाई नै मतदान गरेको कारण यस पटक पनि हामी सबैको मत सूर्य चिन्हमा नै जाने बताए ।

अर्का मतदाता बद्री गेलालले पनि २०४८ सालदेखि नै हाम्रो आस्थाको पार्टी नेकपा एमाले नै भएकोले सुर्य चिन्ह बाहेक अन्यमा मतदान गर्ने सम्भावना नै हुँदैन र त्रियुगा नगरपालिका पहिले देखि नै एमालेको पकड भएको पालिका भएकोले यहाँका करिब ६५ प्रतिशत मतदाताले सूर्य चिन्हमा मतदान गर्ने बताए ।

रौतामाई ७ का मतदाता गजेन्द्र खड्काले उदयपुर २ मा अम्बर बहादुर रायमाझीको दोश्रो विजय हुने र यस क्षेत्रका जनताकालागि पहिलेदेखि नै निरन्तर रुपले हरेक समस्यामा साथै रहेको र काम पनि गरेका कारण पहिलेको भन्दा राम्रो मतकासाथ विजयी हुने बताए ।

स्थानीय मतदाताहरुका अनुसार अन्य राजनीतिक दलको भन्दा नेकपा एमालेको प्रचार शैली तथ्य परक यथार्थतामा आधारित रहेकोले निर्वाचनमा नेकपा एमालेको दुवै क्षेत्रमा पहिलो पार्टी हुने आधार चुलिएको छ ।

मतदाताहरुका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा लगायतका दलहरुको नीति स्पष्ट नभएकोले जनताका खास मुद्दा नउठाएकोले, झुठा आश्वासन दिएको हुँदा अन्य दलप्रतिभन्दा  मतदाताहरुको विश्वास, आशा र भरोसा नेकपा एमाले प्रति बढिरहेको छ ।