काठमाडौँ।
नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्षमा वरिष्ठ पत्रकार कपिल काफ्ले चयन भएका छन् । आइतबार सम्पन्न इन्स्टिच्युटको २० औँ साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा श्रीमन शर्मा (विज्ञान) र कोषाध्यक्षमा अमिका राजथला चयन भएका छन् । सदस्यहरुमा तपनाथ शुक्ला, मन्टेश्वरी राजभण्डारी, पुष्कर माथेमा, गंगादेवी गुरुड, बसन्त रुपाखेती, अरुण पौडेल र मोहन नेपाली छन् । त्यस्तै, निवर्तमान अध्यक्ष तीर्थ कोइराला र निवर्तमान महासचिव लक्ष्मण उप्रेती मनोनित सदस्य रहेको अध्यक्ष काफ्ले जानकारी दिए ।
उनका अनुसार पत्रकारितामा नेपालको पुरानो संस्थाको रुपमा रहेको प्रेस इन्स्टिच्युटले पत्रकारिताको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएको छ । अध्यक्ष काफ्लेले भने, “प्रेस इन्स्टिच्युटले पत्रकारिता पढाउदै आयो । यसले उत्पादन गरेका पत्रकार देशभर हुनुहुन्छ । अहिले पत्रकारितामाथि विश्वसनियताको चुनौती छ । हामीले बृहत् भेला गरेर पत्रकारिताको आगामी बाटो निर्धारण गर्छौ ।”











प्रतिक्रिया