टाटा कमर्सियल गाडीको सुरक्षित यात्राका लागि आजबाट होली सर्भिस क्याम्प सुरु


काठमाडौँ
नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ ।

त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकलाई सुरक्षित यात्राका कामना सहित चाडपर्वको बेला ढुक्कसँग आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस भन्ने उदेश्यले फाल्गुन १० देखि १५ गते सम्मका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ । उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ संचालन हुनेछ ।

उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीहरुको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरु १.ब्रेक सिस्टम २.कुलिङ सिस्टम ३.इन्जिन हेल्थ तथा ल्यूव्रिकेशन ४. टायर÷व्हील सेफ्टी, ५.इलेक्ट्रिकल सिस्टम ६.स्टेरिङ र सस्पेन्सन ७.क्लच र ट्रान्समिसन ८.क्याविन सेफ्टी ९. च्यासिस तथा अन्डरबडी चेक १०.इमरजेन्सी र सेफ्टी सम्बन्धि चेकअप सुविधाहरु रहेका छन् जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ ।

र यदि मर्मत तथा संभार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पाट्र्समा १५% देखि २०% सम्म छुट, ल्यूब्रिकेन्टमा २२% छुटको र लेवर चार्जमा ५०% छुटको व्यवस्था गरेको छ । सर्भिस प्याकेजमा दर्ता भएमा यही सुविधा एक वर्ष सम्म पाउन सकिने व्यवस्था कम्पनिले गरेको छ । प्री सर्भिस बुकिङ गरी वर्कशप आउने भाग्यशाली तीन जान ग्राहकहरुलाई स्र्माट फोन जित्ने सुर्वण अवसर पनि प्रदान गरेको छ । यस अवधिभरमा २००० भन्दा बढी गाडीहरुको चेकअप गर्र्ने लक्ष्य कम्पनीले लिए