दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली


काठमाडौँ।

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै आइतवार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ।

राजावादी समूहहरू माईतीघर मण्डलामा भेला भएर प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दै र्‍याली निकालेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्नुका साथै पक्राउको विरोध जनाएका थिए।

प्रसाईंलाई फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

र्‍यालीमा सहभागीहरूले ‘हिन्दुराज्य कायम गरौं’ भन्ने मूल नारासहित गणतन्त्रविरुद्ध पनि नारा लगाएका थिए। माईतीघर मण्डलाबाट सुरु भएको मोटरसाइकल र्‍याली भद्रकाली पुगेर समापन भएको थियो।