मनहरिमा बस दुर्घटना, २२ यात्रु घाइते


काठमाडौं ।

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ बिजौनास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइते सबै यात्रुलाई उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।