सङ्खुवासभामा ४.१ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उक्त भूकम्प ४.१ म्याग्निच्युडको मापन गरिएको हो।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन। यसअघि गत माघ २८ गते लमजुङको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ बेला–बेला भूकम्प जाने गरेको छ।