काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की ले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र नै भएको बताउनुभएको छ। झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार तथा केपी शर्मा ओली सँग भएको निजी क्षेत्र संवाद कार्यक्रममा उहाँले जलविद्युत तथा ऊर्जा क्षेत्र देशको विकास र समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै कार्कीले ऊर्जा क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरिसकेको भए पनि सरकारको नीतिगत अस्थिरता, लाइसेन्स वितरणमा देखिएको लापरबाही तथा विद्युत खरिदमा देखिएको अनिच्छाका कारण समस्या बढिरहेको बताउनुभयो। उहाँले लगानीमैत्री नीति, प्रतिबद्ध सरकार र दीर्घकालीन स्थिरताको माग गर्नुभयो।











प्रतिक्रिया