काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि धनभन्दा पनि स्पष्ट दृष्टिकोण र सोच आवश्यक पर्ने बताउनुभएको छ।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आयोजित ‘निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरण’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले युवाहरूलाई सरकारी जागिरको मात्र भर नपरी उद्यमशील बन्न आग्रह गर्नुभयो।
अध्यक्ष ओलीले सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने र निजी क्षेत्रले उद्यमशीलतामार्फत रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवा सहभागिता र निजी क्षेत्रको सक्रियताबाट आर्थिक रुपान्तरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।











प्रतिक्रिया