काठमाडौं–९ मा एमाले उम्मेदवारको ‘प्रविधिमैत्री र घरदैलो’ चुनावी अभियान, मतदाताबाट उत्साहजनक प्रतिक्रिया


काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर–९ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहेका नेता यस पटकको निर्वाचनमा परम्परागत शैलीसँगै सूचना प्रविधिमैत्री चुनावी प्रचारमा जोड दिँदै अग्रसर छन्। उम्मेदवारले मतदाता माझ आफ्नो एजेन्डा पु¥याउन डिजिटल माध्यमको उच्चतम प्रयोग गरिरहेका छन् भने स्वयं पनि मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने काममा व्यस्त रहेको बताएका छन्। उम्मेदवारका अनुसार, घरदैलो अभियानका क्रममा मतदाताबाट ठूलो उत्साह र भरोसा पाइएको छ।

विशेषगरी बुद्धिजीवी र आम नागरिकहरूले एक प्राज्ञिक र विकासको स्पष्ट खाका बुझ्ने उम्मेदवार पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले भने, “सस्तो लोकप्रियताको लागि असम्भव सपना बाँड्ने कुरामा विश्वास गर्दिनँ। जे गर्न सक्छु, त्यो मात्र बोल्छु। मेरो एउटै संकल्प छ– बहुजन हिताय, बहुजन सुखाय।” उम्मेदवारले काठमाडौं–९ को समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धन पहिलो प्राथमिकता रहेको बताए। उनले मतदातालाई विश्वास दिलाउँदै भने, “म जे बोल्छु, त्यो पूरा गर्छु र बाँकी जीवन यहीँको माटोको सेवामा समर्पित हुनेछ।” मतदाताबाट प्राप्त समर्थनले उनलाई जितको बलियो आधार तयार भएको महसुस भएको छ। यस अभियानले काठमाडौं–९ मा विकासमुखी, जवाफदेही र प्रविधिमैत्री चुनावी शैलीको उदाहरण प्रस्तुत गरेको छ।