काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा केही पनि नभएको भन्ने भाष्य गलत भएको बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका उहाँले शनिबार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै देशमा उल्लेखनीय काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले विकास र निर्माणका काम निरन्तर अघि बढ्ने विषय भएको उल्लेख गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।











प्रतिक्रिया