जेन–जी युवाहरुले माईतीघरमा अनसन, संविधान जारी गर्न माग


काठमाडौं ।

जेन–जी युवाहरुले आफ्नै संविधान जारी गर्न माग गर्दै माईतीघर मण्डलामा अनसन सुरु गरेका छन्। अनसनरत युवा जनार्दन अधिकारीले जेन–जी शहीदप्रति राज्यको मजाकबाजी रोक्न चेतावनी दिँदै, आन्दोलनको मुख्य उद्देश्य व्यवस्थामा परिवर्तन ल्याउनु रहेको बताए।

उनीहरुले वर्तमान संविधान पूर्णरुपमा खारेज गरी नयाँ जेन–जी संविधान फागुन १५ गते सार्वजनि गर्नुपर्ने माग राखेका छन्। अधिकारीले २०८४ सालको निर्वाचन २०८२ सालमै गराउन जेन–जीहरुले बलिदानी नदिएको कुरा पनि स्मरण गराए।