काठमाडौं ।
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारी सहभागी थिए।
बैठकमा मुलुकको समसामयिक विषय, समग्र शान्ति–सुरक्षा अवस्था तथा आसन्न निर्वाचनलाई लक्षित सुरक्षा तयारीबारे छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएका जातीय, धार्मिक तथा निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीबारे गहन समीक्षा गरिएको थियो।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अपनाउनुपर्ने रणनीति, सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने उपाय तथा आगामी सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ।
छलफलबाट प्राप्त निष्कर्षका आधारमा सुरक्षा योजना थप सुदृढ बनाउँदै आवश्यक निर्णय लिइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।











प्रतिक्रिया