रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु


रामेछाप ।

रामेछापको रामेछाप नगरपालिका–६ च्यास्कुमा बोलेरोको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको छ। शनिबार बागमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले पसलमा सामान किनिरहेको अवस्थामा बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोलेरो सटरभित्रै छिरेको थियो। राजन प्रसाद तिमिल्सिनाका अनुसार चालक नभएको मौका छोपेर स्थानीय तीर्थबहादुर तामाङले गाडी चलाउँदा उक्त घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।