ओलीको आरोप: सर्वोच्चको तारेख ‘अर्थहीन’


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति जनाएका छन्।

शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संवैधानिक महत्वको विषयमा समयमै फैसला आउनुपर्ने बताए। मुलुक जटिल अवस्थामा रहेका बेला अदालतबाट छिटो निर्णय अपेक्षित रहेको उनको भनाइ थियो।

निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख तोकिनु व्यवहारिक रूपमा अर्थहीन र प्रयोजनहीन भएको उनले टिप्पणी गरे।

ओलीले सैद्धान्तिक रूपमा भविष्यका लागि नजिर बस्न सक्ने भए पनि न्याय समयमै नआए अर्थहीन हुने जिकिर गरे। “म्याद गुज्रिएको औषधिजस्तै, म्याद गुजारिएको न्याय डेट एक्सपायर्ड हुन्छ,” उनले भने।