रौतहटको सवगढामा पुनः झडपपछि गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

4.61k
Shares



रौतहट ।

रौतहटको सदरमुकाम गौर मा आज कर्फ्यू जारी भएको छ

गौर नगरपालिका–६, सवगढामा शनिबार बिहान दुई पक्षबीच पुनः झडप भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । ​

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी कर्फ्यू आदेश अनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गौर नगरपालिकाको पूर्व: मुडबलवा गेट ​पश्चिम: लालबकैया बाँध
​उत्तर: बम नहरदक्षिण: गौर भन्सार कार्यालय भित्र कर्फ्यू जारी भएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।