काठमाडौं ।
नेपालमा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअघि भारतका केही विश्लेषकहरूले कसैको पनि स्पष्ट बहुमत आउने अवस्था नदेखिएको टिप्पणी गरेका छन्। उनीहरूले आवश्यक परे भारतले आफ्नो नेपाल–नीतिमा परिमार्जन गर्न सक्ने सामर्थ्य राख्ने बताएका छन्।
भारतीय सेनाका अवकाशप्राप्त एक जेनरलले दिल्लीका कतिपय सरकारी अधिकारीहरूले वामपन्थी दलहरूको सिट संख्या घट्न सक्ने आँकलन गरेको जनाएका छन्। उनका अनुसार निर्वाचनपछि मिश्रित जनादेश आउने सम्भावना बलियो देखिएको छ। परराष्ट्रनीतिमा ‘छिमेक पहिलो’ (Neighbourhood First) को मान्यता अङ्गीकार गरेको भारत ले नेपालमा निर्वाचन परिणाम जे जस्तो आए पनि आफ्नो मूल नीति परिवर्तन नगर्ने संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
उनीहरूका अनुसार दिल्ली ले नेपालमा सत्तामा आउने जुनसुकै शक्तिसँग सहकार्य गर्नेछ। विज्ञहरूले चुनावपछिको सम्भावित राजनीतिक संक्रमण व्यवस्थापनमा पनि भारतले सहयोग गर्ने धारणा व्यक्त गरेका छन्।
“नेपालले चाहेअनुसार शान्ति, विकास र स्थायित्वका लागि भारत सधैं सहकार्य गर्न तयार रहनेछ,” अर्का एक भारतीय विज्ञको भनाइ उद्धृत गर्दै जनाइएको छ। निर्वाचन परिणामले नेपाल–भारत सम्बन्धको आगामी दिशामा प्रभाव पार्ने भए पनि दुवै देशबीचको ऐतिहासिक, भौगोलिक र आर्थिक सम्बन्धका कारण आधारभूत संरचना यथावत् रहने विश्लेषण गरिएको छ।











प्रतिक्रिया