झापा पुग्दै ओली, कार्यकर्ता र शैक्षिक क्षेत्रसँग छलफल


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा भ्रमणमा जान लाग्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली निर्धारित कार्यक्रमअनुसार बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुहुनेछ।

त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

चुनावी माहोल तातिरहेका बेला झापा क्षेत्र नं ५ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीको यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने जनाइएको छ।