काठमाडौं।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङसँग नेकपा एमालेको झण्डा जलाएको र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरेको विषयमा स्पष्टीकरण मागेको छ।
तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको घटनापछि आयोगले पार्टी सभापतिको नाममा पत्र पठाएको हो। कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र आयोगको इमेल ठेगानामा स्पष्टीकरण पेश गर्न भनिएको छ।
आयोगले घटनाको वास्तविकता, झण्डा जलाइएको हो वा होइन तथा अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरिएको हो वा होइन भन्नेबारे स्पष्ट जानकारी दिन निर्देशन दिएको छ।











प्रतिक्रिया