काठमाडौ ।
बैतडीको शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक केशवसिंह धामी (२६) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। गम्भीर घाइते भएका धामीको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा चालक मात्र सवार रहेको बुझिएको छ। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया