काठमाडौँ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका देशहरूबाट आयात हुने वस्तुमा १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन्। बीबीसीका अनुसार उनले ‘सेक्सन १२२’ अन्तर्गत अधिकतम १५ प्रतिशतसम्म ट्यारिफ अस्थायी रूपमा लागू गर्न सकिने बताएका छन्।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यसअघि व्यापार सम्झौतामार्फत सहुलियत पाएका बेलायत, भारत र युरोपेली संघलगायत देशहरू पनि अब १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन्।
नेपाल र अमेरिकाबीच ठूलो व्यापार नभए पनि नेपाली गलैंचा, पस्मिना, हस्तकला र गार्मेन्ट उत्पादन अमेरिका निर्यात हुँदै आएको छ। समान १० प्रतिशत अतिरिक्त ट्यारिफ लागू भए नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता घट्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
अन्तिम प्रभाव भने अमेरिकी प्रशासनको औपचारिक निर्णय र कार्यान्वयन प्रक्रियामा निर्भर रहने बताइएको छ।











प्रतिक्रिया