काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा ले जिल्लाका १६७ मतदानस्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मतदानस्थलमा सीसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिनेछ । फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सीसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको छ ।
सीसी क्यामेरा जडानपछि मतदान प्रक्रिया थप सुरक्षित, पारदर्शी र मर्यादित बन्ने विश्वास लिइएको छ । साथै, सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन र सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला र आमनागरिकसँग सहयोगको आग्रह समेत गरिएको छ ।











प्रतिक्रिया