काठमाडौँ ।
रौतहटको गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासन कार्यालयको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा सम्पन्न वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने, अफवाह नफैलाउने तथा फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सहमति भएको हो।
विवाहको जन्ती मस्जिद अगाडि बाजा बजाउँदै जाँदा उत्पन्न विवादले बिहीबार राति झडपको रूप लिएको थियो। दुवै पक्षका ६ जना घाइते भएका थिए। शुक्रबार बिहान पुनः भीड जम्मा भई झडप भएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो। दोस्रो झडपमा ६ स्थानीय र २ प्रहरी घाइते भएका छन्।
हाल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले सबैलाई संयमता अपनाउन अपिल गरेको छ।











प्रतिक्रिया