काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा निर्धारित समयका लागि विद्युत् कटौती हुने जनाएको छ। बानेश्वर वितरण केन्द्र अन्तर्गत सिनामंगल चोक र तिलगंगा क्षेत्रमा पोल मर्मतका लागि ११ केभी प्रसारण लाइन सटडाउन गरिनेछ।
प्राधिकरणका अनुसार तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म तथा तिनकुने, गैरीगाउँ, सिनामंगल र विमानस्थल क्षेत्रका अन्य स्थानमा दिउँसो १ बजेदेखि २ः३० बजेसम्म विद्युत् कटौती हुनेछ।
यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग, प्रधानमन्त्री निवास आसपास, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिरलगायतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न समयमा विद्युत् कटौती गरिनेछ।
विद्युत् कटौतीबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले ग्राहकसँग क्षमायाचना गरेको छ।











प्रतिक्रिया