काठमाडौँ ।
संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको विश्वव्यापी भन्सार महसुल (ट्यारिफ) सम्बन्धी निर्णय बदर गरिदिएको छ। अदालतले ६–३ को बहुमतले ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर महसुल लागू गरेको ठहर गर्दै उक्त निर्णय खारेज गरेको हो।
प्रधानन्यायाधीश जोन रोबर्ट्ससहित तीन अनुदारवादी र तीन उदारवादी न्यायाधीशहरूले महसुलको विपक्षमा मतदान गरेका थिए भने तीन न्यायाधीशले असहमति जनाएका थिए। अदालतले आफ्नो फैसलामा राष्ट्रिय आपत्कालीन कानुनको दायरा नाघेर व्यापक रूपमा महसुल थोपर्नु गलत भएको उल्लेख गरेको छ।
सर्वोच्चले ‘अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन’ले राष्ट्रपतिलाई भन्सार महसुल लगाउने अधिकार नदिएको स्पष्ट पारेको छ। यसअघि जर्जियामा आयोजित एक कार्यक्रममा ट्रम्पले महसुलको बचाउ गर्दै यस्तो कदम आवश्यक रहेको बताएका थिए।
यस फैसलासँगै ट्रम्पको आर्थिक एजेन्डामा ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ।











प्रतिक्रिया