काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कार्यविधि–२०८२ पारित गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, तिनका प्रस्तावक–समर्थक तथा अनुशासनविपरीत क्रियाकलापमा संलग्न सदस्यबारे पनि छलफल गरिएको छ।











प्रतिक्रिया