शान्तिपूर्ण निर्वाचनको लागि नेपाली सेनाको मोवाईल चेकीङ

2.54k
Shares

दोलखा ।

आगामी फागुन– २१ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उदेश्यले नेपाली सेनाले दोलखाको ग्रामिण क्षेत्रहरुमा समेत दैनिक मोवाईल चेकिङ र पट्रोलिङ गरिरहेको जनाएको छ ।


निर्वाचनको दृष्टिले अतिसंवेदनसिल जिल्लामा पर्ने दोलखामा गरुड दल गणले नौ वटै पालिकाको ग्रामिण क्षेत्रहरुमा समेत दैनिक दिन र रातमा समेत मोवाईल चेकिङ र पट्रोलिङ गरिरहेको जनाएको हो ।

सुरक्षा संवेदनसिलतालाई मध्यनजर गर्दै दोलखाको ग्रामिण क्षेत्रहरुमा नेपाली सेनाले दिन तथा रातिसमेत मोवाईल चेकिङ र पट्रोलिङ सुरु गरेको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

नेपाली सेनाले अहिले दोलखाको बिभिन्न बजार क्षेत्र र ग्रामिण क्षेत्रहरुमा समेत शङ्कास्पद सवारीका साधनको चेकिङ गर्ने, नयाँ मानिसहरुको आगमन देखिएमा सोधपुछ तथा निगरानी गर्ने, दैनिक पट्रोलिङ गर्ने जस्ता कामहरु गरिरहेको कर्णेल कटुवालले बताए ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखा जिल्लामा मतदान स्थल ९५ वटा र मतदान केन्द्र दुई सय सात वटा रहेका छन् । सुरक्षाको हिसाबले ९५ मतदान स्थलमध्य ५२ वटा मतदान स्थल अतिसंवेदनशिल, २८ वटा मतदान स्थल संवेदनशिल र १५ वटा मतदान स्थल सामान्य भनि बर्गिकरण गरिएको छ ।

त्यसैगरी दुई सय सात वटा मतदान केन्द मध्य एक सय १५ मतदान केन्द्र अतिसंवेदनशिल, ५२ वटा मतदान केन्द्र संवेदनशिल र २९ वटा मतदान केन्द्र संवेदनशिल भनि बर्गिकरण गरिएको छ ।
दोलखामा महिला ८३ हजार एक सय ६० र पुरुष ८७ हजार एक सय ६१ गरी एक लाख ७० हजार तीन सय २१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।