काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २२ गतेका लागि साधारण तारिख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार निर्वाचनको भोलिपल्ट उक्त मिति परेको हो।
यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। त्यसपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले पनि छुट्टाछुट्टै रिट दायर गरेका थिए।
सबै विपक्षीबाट लिखित जवाफ पेस भइसके पनि अदालतले हालसम्म साधारण तारिख मात्र दिएको छ। थप सुनुवाइको मिति भने अझै तय भएको छैन।
रिटमा प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न माग गरिएको छ।











प्रतिक्रिया