गरुडामा निर्वाचन प्रहरीको आन्दोलन, बीरेन्द्र राजमार्ग अवरुद्ध

5.36k
Shares



रौतहट ।

रौतहटको मध्यभागस्थित गरुडा क्षेत्रमा निर्वाचन प्रहरी आन्दोलित भएका छन्। निर्वाचन ड्युटिका लागि पोशाक लिन जाँदा प्रहरीले चेक मागेको आरोप लगाउँदै उनीहरूले आन्दोलन सुरु गरेका हुन ।

आन्दोलित निर्वाचन प्रहरीले इलाका प्रहरी कार्यालय गरुडा अगाडि बीरेन्द्र राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन । सडक अवरुद्ध भएपछि केही समय यातायातसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर आचार्यले भने निर्वाचन प्रहरीसँग चेक नमागिएको स्पष्ट पारेका छन् । उनले घटनाबारे छलफलमार्फत वास्तविकता बुझेर निचोड निकालिने जानकारी दिएका छन् ।

घटनापछि स्थिति सामान्य बनाउन प्रहरी र आन्दोलनरत पक्षबीच छलफलको प्रयास भइरहेको जनाइएको छ ।