रौतहटमा दुई समुदायबीच झडप, प्रहरीसहित केही घाइते

6.67k
Shares

रौतहट ।

रौतहटको सदरमुकाम गौरमा दुई फरक समुदायबीच झडप भएको छ। गौर नगरपालिका वडा नम्बर ६ स्थित सबगढामा बिहीबार हिन्दु समुदायको जन्तीमाथि मुस्लिम समुदायले ढुंगामुढा प्रहार गरेको आरोपपछि शुक्रबार दुबै पक्षबीच तनाव बढ्दै झडप भएको हो ।

स्थानीयका अनुसार बिहीबार भएको घटनाको विरोधमा आज दुबै समुदायका युवाहरू आमनेसामने हुँदा स्थिति तनावग्रस्त बनेको थियो। झडप नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपका क्रममा केही सर्वसाधारण तथा प्रहरीसमेत घाइते भएका छन्।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित रहन र अफवाहमा नलाग्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।