काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीभित्र देखिएका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा पछिल्लो समय देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय तथा विगतमा भएका अनुशासन कारबाहीसम्बन्धी फाइलहरूबारे विस्तृत छलफल हुने बताइएको छ। पार्टीभित्र अनुशासन कायम राख्ने उद्देश्यले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।











प्रतिक्रिया