सर्लाही ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा गएराति तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। मृतकहरू हरिपुर्वा नगरपालिका–९ का ३० वर्षीय मुकेश राय र रामज्ञान राय हुन्। दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूलाई मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी सरोज राईले जानकारी दिए।
घाइतेहरू २२ वर्षीय विक्रम राय र रामविश्वास राय रहेका छन्। प्रहरीले घटना अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको छ। दुर्घटना बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भएको थियो र भारतीय नम्बरका तीनवटा मोटरसाइकल घटनास्थलमा फेला परेका थिए।











प्रतिक्रिया