उदयपुर ।
उदयपुरको निर्वाचन क्षेत्र नं १ क नेपाली कम्युनिष्ट पार्टीका (चुनाव चिन्ह तारा) उम्मेदवार बलदेव चौधरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो निर्वाचन क्षेत्रमा गरिने कामहरुको प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

उदयपुरे जनताको सुख वैज्ञानिक विकास र आर्थिक समृद्धि मेरो प्रतिवद्धता भन्ने मुल नाराका साथमा सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेल्टार बजारको पुष्पलाल चोकमा रहेको पार्कमा आयोजित पत्रकार सम्मेलनमा नौ बुँदामा समेटिएको प्रतिवद्धतामा पूर्वाधार र यातायात(कनेक्टिभिटी) कृषि र सिंचाई(आर्थिक मेरुदण्ड), पर्यटन र प्रवद्र्धन (पहिचान र आमदानी), शिक्षा र स्वास्थ्य (आधारभूत अधिकार), सुशासन र युवा स्वरोजगार, विपद् व्यवस्थापन र वाताबरण, भूमिहनि सुकुम्वासी र अव्यवस्थित बसोवासी, उद्योग गैर सरकारी तथा वित्तिय संस्था,युवा तथा खेलकूदका क्षेत्रमा पैतिवद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
नौ बुँदै प्रतिवद्धतामा प्रत्येक बुँदाको व्याखा सहित विकास निर्माणका कार्यहरु, उद्योग व्यवसाय संचालन, प्रशासनकि सुधार, बेरोजगार युवाहरुलाई स्वरोजगारको व्यवस्था, वन संरक्षण, नदी नियन्त्रण, लाल पूर्जा वितरण लगायतका कुराहरु समेटिएका छन् ।
यसैगरी नेपाल कै सबैभन्दा ठूलो सिमेन्ट उद्योगक रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई नयाँ व्यवस्थापनका साथ वैज्ञानिक ढंगले संचालन गर्न व्यवस्थित, पारदर्शी योजना ल्याउने र संचालन गर्ने, उदयपुर क्षेत्र नं १ का सहकारीहरुलाई उत्पादनमा लगानी मैत्री बनाउने योजना पनि प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
साना तथा घरेलु उद्योग स्थापनामा जोड दिएर रोजगारी सिर्जना गर्ने,गैर सरकारी संस्थाहरुलाई सामाजिक रुपमा जिम्मेवार बनाउने, वर्षाका समयमा हुने डुवान रोक्न, खहरे खोला तथा नदी नियन्त्रण गर्न डिपिआर तयार पार्ने लगायतका विषयहरु पनि प्रतिवद्धतापत्रमा समेटिएको छ ।
चौदण्डीगढी नगरपालिकको विभिन्न वडाको घरदैलो कार्यक्रममा रहेका नेकपाका उम्मेदवार चौधरीले यस अघि त्रियुगा नगरपालिकाको नगर प्रमुख भएर धेरै काम सम्पन्न गरेका थिए भने केह िकामको योजना बनाएर डिपिआर तयार पार्ने काम सम्पन्न गरेका थिए । तर पछि २०७९को स्थानीय तहके निर्वाचनमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (समाजवादीं)बाट पुनः त्रियुगा नगपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएकोमा पराजित भएका थिए ।












प्रतिक्रिया