१२ मध्ये ९ जना उम्मेदवार काे वैक खाता सन्चालन सिफारिस


रसुवा  ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मा रसुवावाट १२ मध्ये ९ जना उम्मेदवार ले मात्रै  मंगलबार सम्म बैक खाता सन्चालन गर्न जिल्ला निर्वाचन कार्यालय बाट सिफारिस लिएका छन ।  हिमालि रसुवा  काे १ मात्र निर्वाचन क्षेत्र बाट ३ जना स्वतन्त्र र ९ जन दलका उम्मेदवार ले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन ।

निर्वाचन कार्यालय रसुवा  ले दिएकाे जानकारी अनुसार बैक खाता खाेल्न का लागि नेपालि नेपाली काग्रेस का माेहन आर्चाय, नेपाली कम्प्युनिष्ट पार्टी का माघव प्रसाद  लामिछाने,राष्ट्रिय स्वतन्त्र पार्टी का वसन्त भट्ट,राष्ट्रिय प्रजातन्त्र पार्टी का हरि प्रसाद घिमिरे,स्वतन्त्र वाट चित्र कुमारि देवकोटा,स्वतन्त्र वाट दावा मिङमार तामाङ ले सिफारिस लिएका छन अन्य २ जना समेत रहेका छन ।

निर्वाचन आचारसंहिता २०८२ काे दफा १६ मा निर्वाचन कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवार ले निर्वाचन सम्बन्धि गर्ने सम्पूर्ण खर्च विवरण का लागि अनिवार्य रूपमा नयाँ बैक खाता खाेल्नुपर्ने व्यवस्था गरिएकाे छ । प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गर्दै उम्मेदवार ले छुट्टै बैक खाता खाेल्न आग्रह गरिएकाे निर्वाचन अधिकारी राजन राय ले वताउनु भयाे