४७ मध्ये ११ जनालेमात्र निर्वाचन खाता खोले

4.04k
Shares

धादिङ ।

निर्वाचन आयोगले निर्वाचन खर्च व्यवस्थित गर्नका लागि हरेक उम्मेदवारले निर्वाचन खाता खोल्नु पर्ने भएको बताएपनि धादिङका ११ जना उम्मेदवारलेमात्र बेँक खाता खोलेका छन् । खर्च गर्ने पैसा पारदर्शिताका लागि निर्वाचन खाता खोल्नु पर्ने व्यवस्था लागु गरेर यस्तो खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लानु पर्नेमा मंगलबारसम्म ११ जनालेमात्र खाताखोल्ने सिफारिस लगेको जिल्ला निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिनुभयो ।

धादिङको २ ओटा निर्वाचन क्षेत्ररहेको धादिङमा क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार निर्वाचन प्रतिस्पर्दामा रहनुभएको छ ।क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका कृष्ण रिजाल, राप्रपाका गिताप्रसाद आचार्य, मंगाचेल नेशनल अर्गनाइजेशनका सुमन तामाङलेमात्र निर्वाचन बेँक खाता संचालनका लागि सिफारिस लानु भएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ का मितेरी पार्टी नेपालका सुशन तामाङ, स्वतन्त्र कृष्णप्रसाद कोइराला, नेपाली कम्यूनिष्ट पार्टीका रामबहादुर भण्डारी, रास्वपाका बोधनारायण श्रेष्ठ, श्रम संस्कृति पार्टीका टासी लामा तामाङ, संयुक्त नागरिक पार्टीका देबेन्द्र गैरे, नेपाली काँग्रेसका रमेश धमला, मंगोल नेशनल अर्गनाइजेशनका सन्तोष कुमार तामाङले मात्र निर्वचन खाता खोल्न सिफारिस लानु भएको जिल्ला निर्वाचन अधिकारी गुरुङले जानकारी दिनुभयो ।

उम्मेदवारले गर्ने खर्च व्यवस्थित र पारदर्शी बनाएर खर्च नियन्त्रण गर्नका लागि यस किसिमको व्यवस्था गरिएको भएपनि निर्वाचन नजिक आएको अवस्थामा पनि उम्मेदवारी दर्ताका दिनदेखि सवारी साधन र कार्यकर्ता परिचालन गरेर निर्वाचन प्रचार प्रसार गरिरहेका दल तथा उम्मेदवारले यो व्यवस्थाको वेवास्ता गरिरहेका छन् ।

अहिले निर्वाचन खाता नखोल्ने र पछि निर्वाचन खर्च विवरण बुझाउँदा ठूलो रकम खर्च भएको विवरण सार्वजनिक भएमा त्यसलाई पारदर्शी भन्ने कि नभन्ने भनेर नागरिकले प्रश्न गर्ने छन् ।