दोश्रो नीलकण्ठ मेयरफुटसल प्रतियोगितामा २६ टिमले प्रतिस्पर्दा गर्ने

376
Shares

धादिङ ।

द्योश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ म २६ टिमले सहभागिता जनाउने भएका छन् ।
धादिङबेसीमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ । स्थानीय सरकारका २१ टिम सहभागि छन् भने पत्रकार महासंघ, कर्मचारी मिलन केन्द्र समेत सहभागि हुने छ ।

पत्रकार सम्मेलनमा प्रत्यक्ष प्रसार गर्दै २६ टिमको खेलका लागि टाइसिट बनाइएको थियो ।धादिङबेसीमा बुधबार सुरु हुने फुटसल प्रतियोगितामा प्रथमहुनेलाई एकलाख ११ हजार १ सय ११, द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टिमलाई ११ १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ यसैगरि उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक र उत्कृष्ठ डिफेण्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिने छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानालेले उद्घाटन गर्नुहुने प्रतियोगिता तिन दिन संचालन हुने छ ।