काठमाडौं।
सर्लाहीको मलंगवा नगरपालिका–१० मा फागुन ३ गते साँझ सब–इन्जिनियर प्रमोद कुमार यादवलाई घर बाहिर बोलाएर गोली हानी हत्या गरिएको छ। प्रहरीले अहिलेसम्म हत्यामा संलग्न व्यक्तिहरू पत्ता लगाउन सकेको छैन।
नेपाल इन्जिनियर्स एशोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर हत्यारालाई तत्काल पक्राउ गर्न र इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ। मधेस प्रदेश प्रहरी र नेपाल प्रहरी प्रदेश कार्यालयबाट अनुसन्धान टोली खटाइएको छ। अनुसन्धान अधिकृतहरूले मृतकको मोबाइलको सम्पर्क विवरण विश्लेषण गरिरहेका छन्।
यादवको शव मलंगवा प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ।
सर्लाहीमा हालै भएको लघुवित्त लुटपाट पनि अझै समाधान नभएको छ। लालबन्दी नगरपालिका–७ मा माघ २२ मा भएको लुटपाटमा चार–पाँच जना लुटेराले ८७ हजार नगद लुटेर फरार भएका थिए।











प्रतिक्रिया