काठमाडौँ ।
प्रहरी प्रभाग बल्खुमा कार्यरत एकजना प्रहरी जवान ठगी आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बल्खुमा कार्यरत जवान कैलेश गिरी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गिरीमाथि ठगीसम्बन्धी उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। “ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो, पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,” उनले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ भने अनुसन्धान निष्कर्षमा पुगेपछि विस्तृत जानकारी सार्वजनिक गरिने जनाइएको छ।











प्रतिक्रिया